शीर्षकहरू

सानिमा लाइफको नयाँ बोनसदर सार्वजनिक

सानिमा लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । साबिक सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष ०७८/७९ को बोनस दर सार्वजनिक गरेको छ । हाल रिलायन्स लाईफ इन्स्योरेन्स र सानिमा लाईफ इन्स्योरेन्स एक भई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट कारोबार भइरहेको छ । यी दुई कम्पनीले मर्जर प्रक्रिया पुरा गरी २०७९ साल चैत ९ गतेदेखि एकिकृत कारोबार सुरू गरेका हुन् । 

साबिक सानिमा लाईफ इन्स्योरेन्सले भदौ १९ गते नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराई नयाँ बोनस दर लागू गरेको छ । आर्थिक वर्ष ०७८/७९ को मुनाफामा सरिक हुने गरी उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकममा अधिकतम ७० रूपैयाँसम्म बोनस वितरण गर्न कम्पनीले अनुमति पाएको हो । कम्पनीले विभिन्न सात बीमालेख जारी गरेको छ । 

सावधिक जीवन बीमा योजना (रेगुलर) मा कम्पनीले न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बोनस दिने भएको छ । यो योजना १३ हजार ९५२ ओटा जा्री भएको जानकारी कम्पनीले दिएको छ । त्यस्तै सावधिक जीवन बीमा योजना (एकल) मा कम्पनीले न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँसम्मको बोनस दर कायम गरेको छ । साविधिक जीवन बीमा योजना (एकल) हालसम्म ७९६ ओटा जारी भएको छ । कम्पनीले त्रिपल सावधिक बीमा योजना पनि ७९६ ओटानै विक्री गरेको छ । 

यस योजनाका लागि भने कम्पनीले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्मको बोनस दर कम्पनीले निर्धारण गरेको छ । दम्पति साविधिक बीमा योजनामा पनि कम्पनीले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनस दिने घोषणा कम्पनीले गरेको छ । दम्पत्ति सावधिक बीमा योजना २ हजार ७२ ओटा जारी भएको जानकारी कम्पनीले दिएको छ । सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले अधिकतम ३५ रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बोनस दिने भएको छ । 

२ हजार ९९९ ओटा सावधिक तथा आजीवन बीमालेख जारी भएको छ । कम्पनीले जारी गरेको अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ४२ रूपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रूपैयाँदेखि अधिकतम २१ रूपैयाँसम्मको बोनस दर तय गरिएको छ । अग्रिम भुक्तानी योजना १ हजार ४२४ ओटा र वार्षिक अग्रिम भुक्तानी योजना ४ हजार ६३५ ओटा जारी भएको जानकारी कम्पनीले दिएको छ ।