शीर्षकहरू

सनराइज र लक्ष्मी क्यापिटल एक हुने, असोज १० गते पारित गर्ने

सनराइज र लक्ष्मी क्यापिटल एक हुने, असोज १० गते पारित गर्ने

काठमाडौं । सनराइज र लक्ष्मी क्यापिटल लिमिटेड एक हुने भएका छन् । यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने भएका हुन् । लक्ष्मी बैंक र सन्राइज बैंक एक भएसँगै यी दुई कम्पनी पनि एक हुन लागेका हुन् । 

मर्जर प्रस्ताव पारितका लागि सन्राइज क्यापिटल लिमिटेडले आगामी असोज १० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभा सन्राइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा विहान १०ः३० बजे बोलाईएको हो । 

सभाले मर्जर प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ ।