शीर्षकहरू

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन् । विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण भ्रमण र ब्रिफिङ लिन पुग्नुभएका महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । 

उनले निःस्वार्थ भावनाका साथ नागरिकको सेवा गर्न तथा विमानस्थलबाट आवतजावत गर्ने यात्रुको गुनासा सम्बोधन गर्दै भरपर्दो सुरक्षा प्रदान गर्नेतर्फ पनि ध्यानाकर्षण गराए । महानिरीक्षक कुँवर पछिल्लो समयमा उपत्यकाका विभिन्न ब्यूरो तथा कार्यालयको स्थलगत निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनको क्रममा छन् । 

केही अघि मात्रै उनले लागुऔषध नियन्त्रण ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरोको स्थलगत निरीक्षण भ्रमण गरी मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए ।