शीर्षकहरू

काठमाडौंबाट जनकपुर उडेको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो

काठमाडौंबाट जनकपुर उडेको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो
फाइल फोटो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौं–जनकपुर उडान नं. ५०१ को जहाज 9N–AJO मा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो । 

‘काठमाडौंबाट जनकपुर उडान नं. ५०१, जहाज 9N–AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिरहेका छन्’, बुद्ध एयरले जनाएको छ ।  

उक्त जहाजमा नेकपा एमालेका नेताहरू रहेको एक नेताले जनाएका छन् । उनका अनुसार बुधबार सिरहामा हुने सचिवालय बैठकमा उपस्थित हुन एमालेका नेताहरू उक्त जहाजमार्फत गएका थिए । 

तर, जहाजमा समस्या देखिएपछि उनीहरू पुनः काठमाडौं फर्केका छन् । उनीहरूलाई अर्को जहाजमार्फत जनकपुर लैजाने तयारी थालिएको बुद्ध एयरले जनाएको छ ।