aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

जीवन बीमा व्यवसायः साउनमा संकलन गरे साढे १९ अर्ब शुल्क, सक्रिय बीमालेखको संख्या डेढ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ भदौ २०८०
Global IME
ime Limited
जीवन बीमा व्यवसायः साउनमा संकलन गरे साढे १९ अर्ब शुल्क, सक्रिय बीमालेखको संख्या डेढ करोड
DHI
nmb

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुमा रहेका सक्रिय बीमालेखको संख्या करिब डेढ करोड पुगेको छ । बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनसम्म कुल सक्रिय बीमालेखको संख्या एक करोड ४० लाख २१ हजार ५४० पुगेको हो ।  

त्यस्तै, चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमाशुल्क संकलन गरेका छन् । यस महिना जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

जसका लागि कम्पनीहरुले ८ लाख ३३ हजार २३३ बीमालेख जारी गरेका थिए । यस अवधिमा कम्पनीहरुले दुई अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् भने १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नवीकरणबीमा शुल्क संकलन गरेका हुन् । 

चालू आवको साउन महिनामा बीमाशुल्क संकलन गर्ने जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार यस अवधिमा नेपाल लाइफ इन्स्यारेन्सले ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसका लागि यस कम्पनीले २० हजार २७० वटा बीमालेख बिक्री गरेको थियो ।  

त्यस्तै, चालू आवको साउनमा राष्ट्रिय बीमा संस्थानले तीन अर्ब ३४ करोड ३४ रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ८० करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले एक अर्ब ९२ करोड ५५ लाख, मेट लाइफले ४९ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ८१ करोड ९९ लाख र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

त्यसैगरि, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड ६२ लाख, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ३८ करोड ११ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ५७ करोड ९४ लाख, सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ४५ लाख र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड ८१ लख रुपैयाँ चालू आवको साउन महिनामा बीमाशुल्क संकलन गरेका छन् । 

चालू आवको साउन महिनामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ९३ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, यस अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ५४ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।  

यो पनिः बीमा व्यवसायमा पनि देखियो मन्दीको असर, घट्यो निर्जीवन बीमा कम्पनीहरूको व्यापार
 

प्रतिक्रिया दिनुहोस