शीर्षकहरू

विवाह नगरी एकल बस्नेले मासिक भत्ता पाउने

विवाह नगरी एकल बस्नेले मासिक भत्ता पाउने

काठमाडौं । भारतको हरियाणा राज्य सरकारले वृद्धावस्था र विधवा पेन्सन जस्तै अविवाहित भइ बस्नेलाई पनि मासिक भत्ता उपलब्ध गराउने भएको छ । सरकारले अविवाहित र विधुर अर्थात श्रीमतीको मृत्यु भएका पुरुषहरूलाई पनि मासिक रुपमा भत्ता दिने घोषणा गरेको हो ।

हरियाणा सरकारले प्रत्येक लाभार्थीलाई दुई हजार ७५० भारतीय रुपैयाँ दिनेछ । तर यो पैसा प्राप्त गर्न व्यक्तिले केही आधारभूत सर्तहरू भने पूरा गर्नुपर्छ । यस्तो पेन्सन सुरु गर्ने घोषणा गर्ने हरियाणा पहिलो राज्य हो ।

चाखलाग्दो कुरा के छ भने राज्यका मुख्यमन्त्री मनोहर लाल खट्टर र गृहमन्त्री अनिल विज आफै अविवाहित छन् ।

घोषणा मात्रै होइन, हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले लाभार्थीलाई पेन्सन दिने पूर्ण तयारी गरेका छन् ।