शीर्षकहरू

आज राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

आज राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

काठमाडौं । राष्ट्रिउसभाको बैठक आज बस्दैछ । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज दिउँसो २ बजेर ३१ मिनेटका लागि तय गरिएको हो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची राखिएको छ भने अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी शिक्षा मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफलका साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूची अनुसार मुलुकी संहिता सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने कार्यक्रम रहेको छ ।