शीर्षकहरू

स्वास्थ्यका लागि हानीकारक बस्तुमा ५० प्रतिशत थप कर

स्वास्थ्यका लागि हानीकारक बस्तुमा ५० प्रतिशत थप कर

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले स्वास्थ्यका लागि हानिकारका बस्तुमा ५० प्रतिशत थप कर लगाउने घोषणा गरेको छ । बुधबार आर्थिक वर्ष २०८०÷८१ को बजेट बक्तव्य जारी गर्दै महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले यस्तो कर थप गरिएको बताएका हुन । 

स्वास्थ्यका लागि हानीकारण उत्पादन रक्सी, गुटखा, तम्बाखु, फलाम, सिमेन्ट, जंगफूड, पेन्टस र ईटा उद्योगलाई व्यवसायीक करमा थप ५० प्रतिशत कर लगाउने घोषणा भएको हो । त्यस्तै, महानगभित्र सञ्चालित ईटा उद्योगको उत्पादनमा प्रति ईटा १५ पैसा प्रदूषण कर लगाउने महानगरले जनाएको छ । 

महानगरले सम्पत्ति कर तथा भूमिकर असोज मसान्तभित्र बुझाएमा १० प्रतिशत र पौष मसान्तभित्र बुझाएमा ५ प्रतिशत छुट दिने भएको छ । त्यस्तै, भूमिकरमा पनि असोज मसान्तभित्र कर बुझाएमा १० प्रतिशत र पौषभित्र कर बुझाएमा ५ प्रतिशत कर छुट दिने बजेट बक्तव्यमा उल्लेख छ ।