शीर्षकहरू

तेह्र वर्षे किशोरीले मोबाइल गेम खेल्दा सवा दुई करोड स्वाहा !

तेह्र वर्षे किशोरीले मोबाइल गेम खेल्दा सवा दुई करोड स्वाहा !

एजेन्सी । एक १३ वर्षीय किशोरीले मोबाइलमा विभिन्न गेम खेल्न तथा गेमसँग सम्बन्धित एप खेल्न आफ्नो परिवारको भएभरको पैसा उडाएको घटना सार्वजनिक भएको छ । यो घटना चीनको हेनान प्रान्तमा भएको हो ।

उनले आफ्ना १० जना साथीहरूका लागि खेलहरूमा तीन लाख २३ हजार १६३ युआन, इन-एप खरिदहरूमा ५ लाख ६१ हजार ३३० युआन र खेलहरूमा २ लाख ६७ हजार ३५५ युआन गरी बाह्र लाख युआन भन्दा बढी खर्च गरेकी हुन्। यसरी उनले खर्च गरेको रकम नेपाली सवा दुई करोड भन्दा बढी हुन आउँछ ।

‘साउथ चाइना मर्निङ पोस्ट’का अनुसार मोबाइल गेमको लतमा परेकी १३ वर्षीय केटीले आफ्नो परिवारको सम्पूर्ण कमाई खर्च गरेकी हुन्। मध्य चीनको हेनान प्रान्तकी हाई स्कुलकी छात्राले आफ्नी आमाको बैंक खाताबाट चार महिनाको अवधिमा यो पैसा गुमाएको आरोप छ।

उनको यो काम उनका एक शिक्षकले पत्ता लगाए जसले तुरुन्तै उनकी आमालाई जानकारी गराएका थिए। शिक्षकका अनुसार ती किशोरी आफ्नो स्मार्टफोनमा अत्यधिक समय खर्च गरेको देखेकी थिइन्। रिपोर्टहरूका अनुसार उनकी आमाले आफ्नो बैंक ब्यालेन्स जाँच गर्दा उनीसँग जम्मा एक रुपैयाँ ३३ पैसा मात्र बाँकी थियो।

ती युवतीले आफूलाई पैसा कहाँबाट आयो भन्ने बारेमा केही थाहा नभएको भन्दै घरमा डेबिट कार्ड देखेपछि आफ्नो स्मार्टफोनमा लिङ्क गरेको बताइन् । आफू सँगै नभएको बेला छोरीलाई पैसाको आवश्यकता पर्दा पैसा चलाउन् भन्ने सोचेर उनकी आमाले ती किशोरीलाई कार्डको पासवर्ड दिएकी थिइन्।