शीर्षकहरू

मल्टीपर्पस फाइनान्सको शेयर संरचना परिवर्तन

मल्टीपर्पस फाइनान्सको शेयर संरचना परिवर्तन

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले यस अघि कायम संस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको हो ।

सो बमोजिम कायम हुने संस्थापक समूहको ४ लाख ६ हजार ८०० कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भई नेप्सेमा अभिलेख राख्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले संस्थाक तर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।