शीर्षकहरू

आशा लघुवित्तले पायो राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न सहमति

आशा लघुवित्तले पायो राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले जेठ २३ गते दुई कम्पनीबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि यी दुवै कम्पनीले संयुक्त रूपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो ।

दुवै कम्पनीका सञ्चालक समितिका अधिकारीहरूले प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू. २५ करोड ९९ लाखरहेको छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख रुपैयाँ रहेको छ ।