शीर्षकहरू

नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न तय गर्याे बुक क्लोज मिति

नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न तय गर्याे बुक क्लोज मिति

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनी सञ्चालक समितिको बुधवार बिहान ८ बजे बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।

कम्पनीले हकप्रदशेयर निष्कासन प्रयोजनको लागिअसार १ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयर निष्कासनको लागि कम्पनीले सेबोनमा निवेदन दिइसकेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव७१ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।