शीर्षकहरू

पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न चिलिमे हाइड्रोपावरको आग्रह

पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न चिलिमे हाइड्रोपावरको आग्रह

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न सम्बन्धित लगानीकर्तामा सुचना जारी गरेको छ । कम्पनीले बुधवार सुचना जारी गर्दै २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई जतिसक्दो चाडो बुझ्न आग्रह गरेको हो ।

सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो वक्यौता नगद लाभांशका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडको नारायणचौर , नक्साल, काठमाडौंमा रहेको कार्यालयमा सम्पर्क राखी बुझ्न कम्पनीले भनेको हो ।

तोकिएको समयभित्र पनि नगद लाभांश नबुझेमा बाँकी नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ । कम्पनीले आर्थिक वर्ष ०७३/७४ को नाफाबाट कर समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।