शीर्षकहरू

जब ११ वटा रेडबुलको बट्टा र एउटा ग्यालिनभित्र बम भेटियो

जब ११ वटा रेडबुलको बट्टा र एउटा ग्यालिनभित्र बम भेटियो

रुकुम पश्चिम । रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।  

उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम डिस्फोज गरिएको हो । 

उनका अनुसार, मंगलबार दिउँसो स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएका थिए । 

त्यसलगत्तै घटनास्थलमा प्रहरी पठाइएको र बम नै रहेको ठहर भएपछि डिस्फोजका लागि नेपाली सेनाको टोली बोलाइएको थियो । प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार ती बमहरु केही वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ । बम राखिएको प्लाष्टिकको बोरा नै गलेपछि बमका बट्टाहरु बाहिर निस्किएका थिए ।