शीर्षकहरू

नेपाल मैदा उद्योगमा पुनः कुमुद दुगड अध्यक्ष निर्वाचित

नेपाल मैदा उद्योगमा पुनः कुमुद दुगड अध्यक्ष निर्वाचित

काठमाडौं । नेपाल मैदा उद्योग संघको आइतबार काठमाडौंमा सम्पन्न साधारण सभाले कुमुद कुमार दुगडको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।  काठमाडांैमा सम्पन्न २३ औं बार्षिक साधारण सभा/अधिबेशनले दुगडको नेतृत्वमा प्रथम उपाध्यक्ष  दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयनका, तृतिय उपाध्यक्ष, विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव  आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिवसँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाल लगायत का.स. सदस्य सहित १७ जनाको नयां कार्य समिति सर्बसम्मत चयन गरेको छ । 

मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुबिधा दिन पहल गर्ने साधारण सभाले एजेन्डा पास गरेको छ ।  नेपालमा गहुंको उत्पादन बढाउन नेपाल सरकार, किसान र व्यवसायी मिलेर दिर्घकालिन नीति गर्जुमा गर्ने योजना समेत बनाएको छ ।

त्यस्तै, मैदाको कच्चा पदार्थ गहुं नेपालको उत्पादनले मात्र नपुग्ने हुंदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने बताइएको छ । त्यस्तै, मैदा नेपालमा आत्मनिर्भर भैसकेकोले विदेशबाट मैदा आयातको आवश्यक नपर्ने समेत बताएको छ । 

नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगाएत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुंदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने धारणा राखेका छन । बैक ब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने सभाले पास गरेको बताइएको छ । 

उद्योगकै नाममा गहुं आयात गर्दा भन्सार दर १ प्रतिशत हुन पर्ने माग गरेका छन । बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्ने, गहुं र मैदा आयातको भन्सार मुल्याङ्कन परिमार्जन गर्ने, मैदा उद्योगको बीमा प्रिमियम परिमार्जन गर्न पहल गर्ने घोषणा गरेका छन । त्यस्तै, लगभग १७०० करोड लगानी रहेको मैदा उद्योगले प्रत्यक्ष रुपमा ४ हजारभन्दा बढीलाई रोजगारी दिईरहेको जनाइएको छ ।