शीर्षकहरू

हकप्रदको प्रस्ताव पारित गर्न सिंगटी हाइड्रोले बोलायो साधारण सभा

हकप्रदको प्रस्ताव पारित गर्न सिंगटी हाइड्रोले बोलायो साधारण सभा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले असार १३ गते १२औं र १३औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २२ गतेको सञ्चालक समितिको बैठकले धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ र गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४५ करोडको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ । हकप्रद शेयर जारी गर्दा कुनै शेयरधनीले आफुले लिन पाउन हकप्रद शेयर लिने इच्छा नगरेमा हक हस्तान्तरण गर्न र सो वापतको रकम दाखिला गरी अर्को शेयरधनीले लिन पाउने व्यवस्था पनि कम्पनीले गर्नेछ ।

संयुक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ३० गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् । हकप्रद शेयर प्रयोजनका लागि भने कम्पनीले पछि बुक क्लोज तय गर्नेछ ।