शीर्षकहरू

राजश्व छलि गरेका सामानसहित दुई जना पक्राउ

राजश्व छलि गरेका सामानसहित दुई जना पक्राउ

ललितपुर । राजश्व छलि गरेर ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका २६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत ११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् ।

प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१ ०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।