शीर्षकहरू

बजेटमाथि सामान्य छलफल प्रारम्भ

बजेटमाथि सामान्य छलफल प्रारम्भ

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । मन्त्री डा महतले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए ।