शीर्षकहरू

सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाने

सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाने भएका छन् । एक नाबालिग किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुद्धा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछाने प्रशिक्षक मोन्टी देसाईंसँगै दक्षिण अफ्रिका जान लागेका हुन् । 

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ ।

लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाबे यात्रा पक्का भएको हो ।