शीर्षकहरू

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

फागुन ११ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा उक्त बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको खण्डमा फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ कायम भएको छ ।