शीर्षकहरू

काठमाडौं बाहिर जानुछ भन्दै भारत लागे मेयर बालेन्द्र, डंगोललाई दिए कार्यवाहक

काठमाडौं बाहिर जानुछ भन्दै भारत लागे मेयर बालेन्द्र, डंगोललाई दिए कार्यवाहक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह भारततर्फ गएका छन् । कामको सिलसिलामा उनी बिहीबार त्यसतर्फ गएका हुन् । 

तर, उनी के कामका लागि भारत गएका हुन् भन्ने खुलाएका छैनन् ।

मेयर साह स्वदेश नफर्किँदासम्म महानगरको कार्यवाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत बुधबारदेखि चार दिने भारत भ्रमणमा छन् । सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि भारततर्फ गएका छन् ।