शीर्षकहरू

विराटनगर भन्सारको कस्टम यार्डसम्म कार्गो रेल आउँदै

विराटनगर भन्सारको कस्टम यार्डसम्म कार्गो रेल आउँदै
फाइल तस्विर

विराटनगर । विराटनगर भन्सारको कस्टम यार्डसम्म आज भारतबाट कार्गो रेल आउँने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणपछि  समकक्षी नरेन्द्र मोदीले आज सयुक्त रुपमा काग्र्रो रेलको उदघाटन गरेपछि कार्गो रेल विराटनगसम्म आइपुग्ने भएको हो । आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा विरानगर भन्सार प्रमुख ज्ञानेन्द्र राज ढकालले गरेका छन् । 

उनले भने, ‘ आज १२ः०५ बजे नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नै कार्यक्रम रहेको छ । यसमा रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने छन ।’