शीर्षकहरू

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस् मूल्यसूची

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस् मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ३ पैसा र बिक्री दर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३८ पैसा र बिक्री दर १६४ रुपैयाँ २ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७४ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।