शीर्षकहरू

दिवा खाजामा चाउचाउ खुवाउन नपाइने

दिवा खाजामा चाउचाउ खुवाउन नपाइने

काठमाडौं । दिवा खाजामा चाउचाउ खुवाउन नपाइने भएको छ । सरकारले दिवा खाजा कार्यक्रम अन्तर्गत ८ अर्ब ४५ रुपैयाँ बजेट विनियोजन गर्दै त्यस्ता खाजामा मौलिक खाजा नै खुवाउनु पर्ने व्यवस्था गरेको छ । 

हाल दिवा खाजा प्रयोग गर्ने विद्याथीको संख्या ३२ लाख रहेको छ । त्यसैगरी विद्यालय तहका छात्राहरुका लागि निशुल्क स्यानिटरी प्याड खरिदका लागि १ अर्ब ८२ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ । हालसम्म १० लाख छात्राहरुले यस्तो सुविधा प्रयोग गरेका छन् । 

सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेट प्रस्तुत गरेका हुन् ।