शीर्षकहरू

आज कहाँ कहाँ छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम विवरण

आज कहाँ कहाँ छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम विवरण

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल सुदुर पश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लागायत देशका पहाडी भुभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया साफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली, र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।