शीर्षकहरू

घुससहित पक्राउ परेका वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

घुससहित पक्राउ परेका वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं । घुससहित पक्राउ परेका एक वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमारविरुद्ध मुद्दा दायर गरेको हो ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको अवस्थामा उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरुले सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेका थिए ।   

उनीहरुले योजना तथा मिलोमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा सहिछाप गर्नको लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ । सो बराबरको जरिवाना सहित आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।