शीर्षकहरू

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । 

पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो । “उनी पार्टीसँग केही समयअघि देखि नै भेटघाट गर्न इच्छुक छन । आजको भेटको खास एजेण्डा केही थिएन,  शिष्टाचार भेटवार्ता भएको हो”, पार्टीका केन्द्रीय सदस्य रावलले भने ।