aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

प्रभु र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
प्रभु र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई बीमा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । बुधबार नेप्सेले प्रभु लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ९.८० प्रतिशत बोनसपछिको शेयरमूल्य ४२८.०५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७७० रुपैयाँमा भएको थियो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६०१ दशमलव ६७ रुपैयाँमा समायोजन भएको छ । नेप्सले कम्पनीको ८ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । इन्स्योरेन्सको अन्तिम कारोबार ६४९ दशमलव ८० रुपैयाँमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस