शीर्षकहरू

नेप्सेमा थपियो दुई कम्पनीको ५९ लाख कित्ताबढी बोनस शेयर

नेप्सेमा थपियो दुई कम्पनीको ५९ लाख कित्ताबढी बोनस शेयर

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले छिमेक लघुवित्त वित्तीय संस्था र युनाइडेड मोदी हाइड्रोपावरको ५९ लाख १८ हजार २० कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनसपछिको ५१ लख १३ हजार २० कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, युनाइडेड मोदी हाइड्रोपावर कम्पनीको ७ प्रतिशत बोनसपछिको ८ लाख ५ हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

उक्त बोनस शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।