शीर्षकहरू

इन्डियन प्रिमियर लिग हेर्न नेपाल ल्युब आयलले लग्यो २१ जना ग्राहक

इन्डियन प्रिमियर लिग हेर्न नेपाल ल्युब आयलले लग्यो २१ जना ग्राहक

काठमाडौं । भारतीय क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग हेर्न नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना ग्राहकलाई लगेको छ । उक्त खेल हेर्नको लागि नेपाल ल्युब आयल लिमिटेडले इन्डियन प्रिमियर लिगका खेल हेर्न आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे हो । 

गल्फ लुब्रिकेन्ट निकै चर्चित आइपील टिम चेन्नई सुपर किंग्सको स्पोन्सर रहेको छ ।  महेन्द्र सिंह धोनी कप्तान रहेको सो टिम आइपीलकै सबै भन्दा उत्कृष्ट र सफल टिम मानिन्छ । आइपीलका दुइ खेल लखनऊमा सम्पन्न चेन्नई सुपर किंग्सविरुद्ध लखनऊ सुपर जायंट्स र दिल्लीमा सम्पन्न चेन्नई सुपर किंग्स बिरुद्ध दिल्ली क्यापिटलको खेलमा ग्राहक र सरोकारवालाहरु गरि २१ जनाले स्टेडियममै पुगी खेल हेर्न मौका पाएको थियो । 

कम्पनीका अनुसार फेसबुक कन्टेस्ट मार्फत १२ जना  ग्राहकहरुको छनोट गरिएको थियो भने बाकी ९ जान गल्फका कर्पोरेट ग्राहकहरु रहेको कम्पनीले जनाएकोे छ । कम्पनीक महाप्रबन्धक गंगा राज भट्टराईले इन्डियन प्रिमियर लिग (आइपील) क्रिकेट जगतको सबै भन्दा ठुलो प्रतियोगिता हो । यो खेलहरु स्टेडियममा बसी हेर्नेको अनुभव अतुलनिय रहेको बताए ।