शीर्षकहरू

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं । शुक्रबार कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका साथै बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। शनिबार  कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ ।