
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आजका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ६३ पैसा र बिक्री दर १४४ रूपैयाँ ०२ पैसा रहेको छ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ११ पैसा र बिक्री दर १६५ रूपैयाँ ८६ पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस