शीर्षकहरू

नयाँ कोरोना संक्रमित १७ थपिँदा २३ जना निको भए

नयाँ कोरोना संक्रमित १७ थपिँदा २३ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा २३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५ं५ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १८ हजार ७१ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १४१ रहेका छन् ।