शीर्षकहरू

हिमालयन बैंकद्धारा संकटा क्लबलाई १० लाख प्रदान

हिमालयन बैंकद्धारा संकटा क्लबलाई १० लाख प्रदान

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ ।

बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो ।  बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ ।

बैंकका तर्फबाट बै‍कका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन् ।

उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत  उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित  वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी मर्हजन लगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।