शीर्षकहरू

बरुण हाइड्रोपावरद्वारा नौं महिनामा ७ करोडभन्दा बढीको विद्युत विक्री

बरुण हाइड्रोपावरद्वारा नौं महिनामा ७ करोडभन्दा बढीको विद्युत विक्री

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा रू. ७ करोड ६ लाखभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ९९ लाखभन्दा बढीको विद्युत विक्री गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १ प्रतिशतले बढेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ५८ लाख १५ हजार कायम भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गरी पूँजी बढाएको हो । जगेडा कोष रकम भने गत वर्षभन्दा साढे ५ प्रतिशत कम रू. २ करोड ४९ लाखभन्दा बढी कायम भएको छ । 

वित्तीय खर्च पनि यस वर्ष २७ दशमलव २० प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ करोड ११ लाखभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. १ करोड ४१ लाखभन्दा बढी भएको छ ।

गत वर्ष रू. २० करोड ४४ लाखभन्दा बढी रहेको सुरक्षित कर्जा यस वर्ष रू. १७ करोड २२ लाखभन्दा बढी रहेको छ । कर्जा रकम गत वर्षभन्दा यस वर्ष कम भएको हो । वार्षिक प्रतिशेयर  आम्दानी रू. ४ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ८२ रहेको छ ।