शीर्षकहरू

सुनको मूल्य तीन सयले बढ्दा चाँदी स्थिर

सुनको मूल्य तीन सयले बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । 

आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ  ।