शीर्षकहरू

होटलमा ग्यास सिलिण्डर विष्फोट, जोगी साह होटल ध्वस्त

होटलमा ग्यास सिलिण्डर विष्फोट, जोगी साह होटल ध्वस्त

काठमाडौं । सिरहाको एक होटलमा ग्यास सिलिण्डर विष्फोट हुँदा होटल जलेर ध्वस्त भएको छ । गोल बजार नगरपालिका ४ स्थित एक होटलमा ग्याँस विस्फोट भएर आगलागी हुँदा ठूलो क्षति भएको हो । 

त्यहाँ जोगी साहले सञ्चालन गरेको होटलमा ग्याँस सिलिन्डर पड्केर आज बिहान आगलागी भएको थियो । आगलागीबाट होटल भएको घर र भित्र रहेको सम्पूर्ण सरसामान जलेको जनाइएको छ । 

होटलमा रहेका ६ वटा ग्याँस सिलिन्डर नै लगातार पड्किएको र होटल ध्वस्त भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीको भनाइ रहेको छ । 

 होटल नष्ट भइसकेपछि पुगेको वारुणयन्त्र, प्रहरी र स्थानीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको अनुमान छ ।