शीर्षकहरू

राष्ट्रिय बीमा कम्पनीको साधारण सभा जेठ ३१ गते, बुक क्लोज कहिले ?

राष्ट्रिय बीमा कम्पनीको साधारण सभा जेठ ३१ गते, बुक क्लोज कहिले ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले धेरैवर्षपछि आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले जेठ ३१ गते काठमाडौैंमा बिहान ११ बजे वार्षिक साधारण सभा शुरूगर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको हो ।

साविक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१  औँ वार्षिक साधारण सभार राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरिएको हो । 

सभाले साविक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ को गरी तीनवर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३  को लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ । 

त्यस्तै सभाले महालेखा परीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्नेछ । त्यस्तै सञ्चालकहरूको आर्थिक वर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधा अनुमोदन र सोलाई निरन्तरता दिने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीहरूबाट एकजना सञ्चालन चयनका लागि निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन योग्यहुनेछन् ।