काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा गत असार १३ गते विजयबहादुर शाहले छोडेपछि श्रेष्ठ निमित्त सीईओको रुपमा काम गर्दै आइरहककी थिइन ।
उनलाई आगामी असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ ।