शीर्षकहरू

लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या ३५ हजार मात्रै

लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या ३५ हजार मात्रै

काठमाडौं । चैत १९ गतेसम्ममा १६ प्रतिशत जति मात्रै बीमा मध्यस्थकर्ता (अभिकर्ता) ले अनुमतिपत्र (लाइसेन्स) नवीकरण गराएका छन् । नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार आइतवार कार्यालय समयसम्ममा लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या ३५ हजार छ ।

 लाइसेन्स नवीकरण गराउनुपर्ने कुल अभिकर्ता संख्याको १५ दशमलव ७८ प्रतिशत हो । नवीकरण गराउने अवधि अझै बाँकी भएकाले आउने दिनमा नवीकरण गर्नेको संख्या बढ्ने जानकारहरूको भनाइ छ । पर्याप्त संख्यामा बीमा अभिकर्ताले लाइसेन्स नवीकरण नगराएको र बीमकको प्रथम बीमा शुल्क घटेको तथ्यांकले यो व्यवसाय पनि सहज स्थितिमा नरहेको संकेत गर्छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू भने अर्थतन्त्रको अवस्थाले अन्य क्षेत्रमा झैं बीमा व्यवसायमा पनि केही असर गरेको तर आत्तिनुपर्ने अवस्थान नगरेका बताउँछन् ।