शीर्षकहरू

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल बने राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकार

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल बने राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक र कानुनी सल्लाहकार नियुक्त भएका छन् ।  पौडेलले आर्थिक र कानुनी सल्लाहकारमा क्रमश चिरञ्जीवी नेपाल र बाबुराम कुँवरलाई नियुक्त गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर रहेका नेपाल राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकार भएका छन् भने गण्डकी प्रदेशको प्रमुख भइसकेका कुँवर कानुनी सल्लाहकार भएका छन् । 

पौडेलले यसअघि नै मुख्य स्वकीय सचिवमा सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी तथा प्रेस सल्लाहकारमा नेपाल प्रेस युनियनका पूर्व सचिव खिला कार्कीलाई नियुक्त गरेका थिए ।