शीर्षकहरू

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पतालको डायलाइसिस भवन निर्माण गर्न सम्झौता

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पतालको डायलाइसिस भवन निर्माण गर्न सम्झौता

काठमाण्डौ । सिद्धार्थ  बैंकले वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न सम्झौता भएको छ । बैंकले २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ लाख रुपैयाँ लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथानिर्माण सम्पन्न गरी बुधबार अस्पताललाई हस्तान्तरण गरेको छ ।

नारायणी अस्पतालमा एक कार्यक्रमआयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा वीरगञ्ज क्षेत्रका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख प्रविन ढुङ्गेल लगायत अन्य प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको बताएका थिए ।  बैंकबाट प्राप्त उक्त सहयोगले विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने बताए ।