शीर्षकहरू

बोर्डमा आवेदन दिएका सबै कम्पनीले लाइसेन्स पाउँछन्ः हमाल

बोर्डमा आवेदन दिएका सबै कम्पनीले लाइसेन्स पाउँछन्ः हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललले बजारलाई प्रतिस्पर्धा गराउन नयाँ स्टक आवश्यक रहेको बताएका छन । बजारलाई अत्याधुनिक र नयाँ शैलीको करोबार गर्ने नयाँ स्टक एक्स्चेञ्ज आवश्यक रहेको उनको तर्क रहेको थियो । हमालले मापदण्ड पुगेका सबै कम्पनीले तोकिएको समयमा लाइसेन्स पाउने ठोकुवा समेत गरे ।

उनले भने, ‘पहिला ब्रोकर शाखा बिस्तार गर्न १९ महिना लाग्थ्यो तर, अहिले  गरेको फटाफट काम भइरहेको छ ।’ उनले हाल बजारमा शेयर ब्रोकरको संख्या कम भएकाले शेयर बजारले प्रयाप्त रुपमा व्यवसायीकरण हुन नसकेको तर्क गर्दै नेपालमा १०० ब्रोकर चाहिने बताए ।

बुधबार काठमाडौंमा आयोजित लगानिकर्ता अन्तक्रिर्या कार्यक्रममा हमालले बजार सुधारका लागि ल्याउने हरेक काम प्रतिस्पर्दाका आधारमा भएको दावी समेत गरे ।

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले लगानीकर्ताको सम्पत्ति ५० प्रतिशत डुविसकेको भन्दै बजारलाई बचाउन केहि कदम चाल्न आग्रह गरेका थिए । उनले भने, ‘ब्रोकर कमिशन ०.२५% कायम गरेर भए पनि बजारलाई माथि सहयोग पुग्थ्यो कि ।’ 

साथै रौनियारले इनसाइडर ट्रेडिङ्गका दोषीलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने माग राखेका छन् । उनले राष्ट्र बैंकले लाभांश घटाएर पठाउनुभन्दा पहिला नै छलफल गरेर अंक तोकेपछि पठाउने व्यवस्था मिलाउन आग्रह गरे ।