शीर्षकहरू

चन्द्रागिरि साकोसद्धारा फाइनान्सियल फिटनेश कार्यक्रम सम्पन्न

चन्द्रागिरि साकोसद्धारा फाइनान्सियल फिटनेश कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार संस्थाका ३५ वर्ष भित्रका युवा सदस्यहरुलाई लक्षित गरी फाइनान्सियल फिटनेश कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्मक्रममा सहभागीहरुलाई वित्तीय स्वस्थताको लागि ज्ञान, सीप र धारणामा सुधार गर्ने विभिन्न उपायहरुको बारेमा प्रशिक्षण दिईएको थियो । यसका साथै सहभागीहरुलाई मानिसहरुको वित्तीय जीवन समृद्ध बनाउनको लागि तय गर्नुपर्ने वित्तीय लक्ष्य, लक्ष्य पुरा गर्न आवश्यक प्रवल ईच्छाशक्ति, मानिसका सपना र सपना पछ्याउनसक्ने खुबी र रुपैया पैसाको ७ सुनौला नियमहरुको बारेमा जानकारी गराईएको संस्थाले जनाएको छ ।

संस्थाले सो कार्यक्रमा युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्यहरु हासिल गर्ने कार्यमा अभ्यस्त बनाउनका लागि वित्तीय लक्ष्य निर्धारण गर्ने सल्लाह दिएको जनाएके छ ।

यसका साथै आफुसंग उपलब्ध श्रोत साधनमा सिमित रहन, बचतलाई बानीकै रुपमा विकास गर्न, बुद्धीमतापूर्ण तरिकाले ऋण लिन, लागत तुलना गरेर मात्र खर्च गर्न, रुपैयाँ पैसालाई सक्रिय बनाउन र जोखिमलाई न्यूनीकरण गर्न सल्लाह दिईएको थियो ।

त्यसैगरी, उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय लक्ष्य निर्धारण गर्ने प्रकृयाहरु, खर्च व्यवस्थापन गर्ने ट्राफिक नियम, आम्दानीबाट बचत गरी बाँकी रहेको रकम खर्च गर्ने तरिका, बुद्धिमतापूर्ण ऋण लिने तरिका, रुपैया पैसालाई सक्रिय बनाउने जुक्ति, ८०÷२० को परेटो सिद्धान्त, जोखिम युक्त अवस्थाको तयारी गर्ने तरिका सिकाईएको संस्थाले जनाएको छ । 

ग्लोबल मनी वीकमा युवाहरुमा रुपैयाँ पैसा सम्बन्धी विश्वव्यापी सचेतना अभिबृद्धि गर्ने अभियान हो । युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्यहरु हासिल गर्न आवश्यक ज्ञान,सीप र धारणाहरु विकास गर्नको लागि यो अभियान सञ्चालित छ । यस अवसरमा संसार भरी युवाहरुलाई वित्तीय साक्षरताका कृयाकलापहरुमा जोड्ने कार्यहरु भईरहेका छन् ।