शीर्षकहरू

थप तीन ब्रोकर कम्पनीलाई शाखा खोल्न अनुमति

थप तीन ब्रोकर कम्पनीलाई शाखा खोल्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले थप तीन ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न अनुमति दिएको छ । यस अघि ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा खोल्न अनुमति दिएको बोर्डले पछिल्लो समय पोखरामा दुई र भक्तपुरमा एक शाखा विस्तारका लागि अनुमति दिएको हो ।

बोर्डले पछिल्लो समय शनि सेक्यूरिटिज, आर्यतारा इन्भेष्टमेन्ट र नासा सेक्यूरिटिजलाई शाखा विस्तारका लागि अनुमति प्रदान गरेको जानकारी दिएको हो । बोर्डका अनुार नासा सेक्यूरिटिज र शनि सेक्यूरिटिजले पोखरामा र आर्यतारा इन्भेष्टमेन्टले भक्तपुरमा शाखा खोल्न अनुमति पाएको हो । बोर्डले आवश्यक कागजात समयमै पेश भएको खण्डमा पछिल्लो समय बढीमा १५ दिनभित्र शाखा खोल्न अनुमति प्रदान गर्ने नीति लिएको छ ।

सोही नीति बमोजिम बोर्डले ब्रोकरहरूलाई शाखा विस्तारको अनमतिलाई निरन्तरता दिईरहेको छ ।देशव्यापी रुपमा सहज तरिकाले धितोपत्रको पहुँच पु¥याउन ब्रोकरको शाखा विस्तारका लागि बोर्डले जोड दिएको छ । 

बोर्डले ब्रोकलाई नयाँ शाखा सञ्चालनका अनुमति दिनकै लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ गत फागुन ४ गतेदेखि लागू गरेको थियो । सोही निर्देशिका बमोजिम बोर्डले नयाँ ब्रोकर शाखा खोल्न अनुमति दिदैं आएको छ । 

हाल ५० ओटा ब्रोकर कम्पनीहरूले धितोपत्र बजारमा मध्यस्थकर्ताको रुपमा सेवा प्रवाह गरिरहेका छन् । राजधानी केन्द्रित रहेको ब्रोकर सेवा शाखा विस्तार गरी देशव्यापी रुपमा फैल्याउने योजना ब्रोकरहरूको समेत रहेको छ ।

शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ चुक्तापूँजीभन्दा बढी हुनुपर्ने व्यवस्था छ । शाखा कार्यालय खोल्दा प्रति शाखा रू. १ करोड ५० लाखका दरले चुक्तापूँजी कायम गर्नुपर्नेछ । हाल शाखा कार्यालय खोल्न चुक्तापूँँजी कायम नभएको अवस्थामा निर्देशिका लागूू भएको मितिले ६ महिनाभित्र पूँजी कायम गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

बोर्डबाट स्वीकृति पाएको तीन महिनाभित्र शाखा कार्यालय खोली सञ्चालनमा ल्याुउनुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । शाखा कार्यालय सञ्चालन गर्नुपूर्व कम्तिमा सात दिन अघि बोर्डलाई जानकारी समेत गराउनुपर्नेछ । ब्रोकरले शाखा सञ्चालन गर्नुपूर्व बोर्डले आवश्यक देखेको खण्डमा शाखा कार्यालयको पूूर्वाधार निरीक्षण समेत गर्न सक्नेछ ।

बोर्डले निरिक्षण गर्दा रितपूर्वक पूर्वाधार तयार गरेको नदेखिएमा बढीमा पन्ध्र दिनको समय दिई पूर्वाधार पूर्ण रुपमा तयार गर्न निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । बोर्डले रितपूर्वक पूर्वाधार तयार नगर्ने ब्रोकलाई शाखा कार्यालय खोल्न दिएको स्वीकृति रद्द पनि गर्न सक्नेछ । बोर्डबाट स्वीकृति रद्द भएको मितिले एक वर्षसम्म शाखा कार्यालय खोल्न पुनः निवेदन दिन पाइने छैन् । 

यदि ब्रोकरले शाखा कार्यालय स्थानान्तरण गर्नु परेमा बोर्डलाई जानकारी गराई जुन जिल्लामा शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेको हो सोही जिल्लाभित्र साविकको पूर्वाधार कायम राखी शाखा स्थानान्तरण गर्न सक्नेछ ।