शीर्षकहरू

अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश नबाँड्ने भएको हो ।

चैत ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आवमा आर्जन गरेको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कुनै खालको लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले गत साउन १८ देखि २२ गतेसम्म ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो भने असोज ७ गते शेयर सूचीकृत भई असोज ९ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको थियो । 

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १ करोड १० लाख नाफा कमाएको थियो । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म अर्थात् पुस मसान्तसम्ममा रू. १ करोड ५४ लाख नाफा कमाएको छ ।