शीर्षकहरू

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा चैत १६ गते हुने

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा चैत १६ गते हुने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको चैत ३ गते स्थगित २६औं वार्षिक साधारणसभा चैत १६ गते हुने भएको छ । यस अघिको साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको थियो । चैत ३ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे पुनः सभा गर्ने निर्णय गरेको हो । 

सभाका लागि यस अघिकै प्रस्तावहरू यथावत राखिएका छन् । बोलाएकोसभाले गत आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन् । 

गत वर्ष १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।