aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

मुक्तिनाथ विकास बैंकका खातावालले यी दुई ठाउँमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
Prabhu Bank
Motor Head
मुक्तिनाथ विकास बैंकका खातावालले यी दुई ठाउँमा छुट पाउने
nabil bank
LBF

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” सँग सम्झौता गरेको छ ।  आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन र विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरि सम्झौता भएको हो । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” मा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट र “सुर्यविनायक मेडिकल स्टोर” विभिन्न सेवाहरुमा विशेष १० प्रतितशतसम्म छुट  प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको जुनसुकै मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । साथै बैंकहरुले प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु दिइरहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस