शीर्षकहरू

२०८० सालका लागि ३५ दिन सार्वजनिक बिदा (सूचीमा हेर्नुहोस्)

२०८० सालका लागि ३५ दिन सार्वजनिक बिदा (सूचीमा हेर्नुहोस्)

काठमाडौं । २०८० सालमा सरकारले ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । आज प्रकाशित भएको राजपत्रमा आउँदो वर्षको सार्वजनिक बिदा ३५ दिन तोकिएको हो । 

राजपत्रमा प्रकाशित सूचीमा विभिन्न चाडपर्व, जन्मजयन्ती र दिवस मान्नका लागि दिइएको सरकारी बिदाको विवरण समेटिएको छ । आगामी वर्ष दशैंमा ६ दिन सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ भने तिहारमा ५ दिन सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ । 

राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सूचीमा महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिने उल्लेख छ । त्यस्तै २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा दिने उल्लेख छ । 

त्यस्तै, काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा हुनेछ । 

फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ । 

विस्तृतमा सार्वजनिक बिदाको विवरण यस्तो छ :