शीर्षकहरू

आज अमेरिकी डलर बलियो बन्दै जाँदा कमजोर बन्यो अरु देशको मुद्रा

आज अमेरिकी डलर बलियो बन्दै जाँदा कमजोर बन्यो अरु देशको मुद्रा

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ८६ पैसा र बिक्री दर १३२ रूपैयाँ ४६ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ६ पैसा र बिक्री दर १४० रूपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १६ पैसा र बिक्री दर १५९ रूपैयाँ ८८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ५ पैसा र बिक्री दर १४३ रुपैयाँ ७० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ५६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा रहेको छ ।